
मृगौला पिडित असहाय संरक्षण केन्द्र चितवनद्वारा कालिकोटका विरामीलाई आर्थिक सहयोग
चितवन । मृगौला पिडितहरुका लागि सहयोग गर्ने हेतु स्थापित मृगौला पिडित असहाय संरक्षण केन्द्र भरतपुर चितवनले कालिकोटका मृगौला पिडित विर्सिङ्ग बम लाई १० हजार रकम सहयोग गरेको छ । काठमाण्डौमा उपचाररत बम लाई सहयोग केन्द्रका अध्यक्ष सुनिल कुमार क्षेत्रीले सहयोग रकम हस्तान्तरण गरेको हो ।
करिब तिन लाख ५५ हजारको कोष खडा गरि मृगौला पिडितहरुलाई सुरुवाति सहयोग उपलब्ध गराउंदै जाने लक्ष सहित संस्था स्थापना भएको अध्यक्ष क्षेत्रीले बताउनु भयो । चितवनमा केन्द्रीय कार्यलय रहेको यस संस्थाले निकट भविष्य मै अन्य जिल्लाहरुमा पनि आफ्नो शाखा बिस्तार गर्ने लक्ष राखेको छ । अति विपन्न बर्गका मृगौला पिडितहरुलाई औषधी उपचार लगाएतका आर्थिक संकटमा यस सस्थाले सहयोग गर्ने छ भने हाल लाई बिपन्न बर्गका बिरामीहरुलाई न्युनतम १० हजारका दरले सहयोग गर्ने अध्यक्ष सुनिल कुमार क्षेत्रीले बताए ।
https://www.halkarosamachar.com/archives/24395?fbclid=IwAR1tnQ1eMGenfrMLPJL_SUNh-CEuvLvkbWCv179KQ9c-tT5npJC8MlI2e14