समाजसेवी क्षेत्रीले गरे मिर्गौला पिडितलाई आर्थिक सहयोग
समाजसेवी क्षेत्रीले गरे मिर्गौला पिडितलाई आर्थिक सहयोग
December 26, 2021December 26, 2021 - by चितवन मिडिया अनलाइन - Leave a Comment

पुस११,बिनीता कडेल , चितवन
दुवै मिर्गौला र मुटुको भल्वमा समस्या देखिएका कालिका नगरपालिका वडा नं ७ चितवनका ६० वर्षिय टीका बहादुर महतलाई समाजसेवी सुनिल कुमार क्षेत्रीेले आर्थिक सहयोग प्रदान गरेका छन् । मिर्गौला पिडित असाहय संरक्षण केन्द्रका अध्यक्ष सुनिल कुमारक्षेत्रीले टीका बहादुरका परिवारलाई दस हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका हुन । क्षेत्रीले उक्त रकम मृगौला पीडित भएकै ठाउँमा पुगेर हस्तान्तरण गरेका हुन् ।
टीका बहादुर महत दुवै मिर्गौला र मुटुको भल्भमा समस्या देखिएको छ । उपचार गर्नको लागि घरको आर्थिक स्थिति कमजोर भएको कारण आर्थिक समस्यामा रहेका थिए । मिर्गौला पिडित असाहय संरक्षण केन्द्रका अध्यक्ष सुनिल कुमार क्षेत्रिबाट उनलाई केही आर्थिक सहयोग प्राप्त भएको हो ।
विषेश गरि मिर्गौला पिडितहरुलाइ आर्थिक सहयोग उपलब्ध गराउने उद्देश्यले उक्त संस्थाले मिर्गौला पिडितहरुका लागि विभिन्न समयमा सहयोग उपलब्ध गर्दै आएको क्षेत्रीले जानकारी दिए । नेपालमा गरिब , दुखि, दलित जस्ता ब्यक्तिलाई आर्थिक सहयोग गर्ने सस्था नदेखिएको कारण आफुले उनिहरुकोलागि केही गर्नु पर्छ भनेर यो सस्था खोलिएको क्षेत्रीले बताए ।सस्थाको सचिब गिता क्षेत्रीको पनि उपस्थिति रहेको थियोे ।