मृगौला पिडित महतोको उपचारमा समस्या, संरक्षण संस्थाका अध्यक्ष क्षेत्रीद्वारा आर्थिक सहयोग

चितवन । भरतपुरकि मृगौला पिडित युवति संगिता महतोको आर्थिक ‌अभावका कारण उपचारमा समस्या भएको छ। भरतपुर महानगरपालिका २५ शुक्रनगरकी २७ वर्षीय दृष्टिविहीन महतोको बिगत दुइ महिनादेखि दुवै मिर्गौलाले काम नगरेपछि उनको डायलासिस भइरहेको छ। भरतपुरको चितवन मेडिकल कलेजमा उपचाररत महतोको दुई महिना अघि उपचारका क्रममा मिर्गौलाले काम नगरेको थाहा भयको उनका बुवा जीवन महतोले बताएका छन् ।

सङ्गीताको उपचारका लागि हालसम्म तीन लाख रुपैयाँ खर्च भएको भन्दै उनका बुवा जीवनले सबै रकम ऋण खोजेरै ल्याएको बताए। दृष्टिविहीन छोरीमा पछिल्लो समय मिर्गौलाको समस्या देखिएपछि उपचार गर्दा आफूसँग भएको सबै सकियको बाबु जिवनले बताए। पाँच वर्ष अगाडि छोरीलाई बाथ रोग देखिएपछि भारतमा लगेर उपचार गराउँदा सबै सम्पत्ति सकिएको भन्दै उनले अहिले आफ्नो परिवारको आर्थिक अवस्था नाजुक भएको बताए । छोरीको उपचारमा जग्गा जमिन सकिएको भन्दै आठ जनाको परिवार पाल्न र छोरीको उपचार खर्च जुटाउनै समस्या भएको उनले बताए ।

ऑफुले एउटा बोडिङ स्कुलमा सहयोगिको काम गर्ने जिवनले बताए। चिकित्सकहरुले मिर्गौला फेर्नुपर्ने बताएको उल्लेख गर्दै घरपरिवारका मानिसले मात्रै मिर्गौला दिनमिल्ने बताएका जीवनले बताए । मृगौला सँगै महतका हात खुट्टाले पनि काम गर्न छाडेका छन। मिर्गौला फेर्नका लागि पाँच लाख रुपैयाँ लाग्ने डाक्टरले बताएको उनले सुनाय। यस्तै इनर भिजन सोसाइटी नेपालले सङ्गीताको उपचारका लागि सोसाइटीले ६÷७ दिनमा ६० हजार रुपैयाँ संकलन गरेको इनर भिजन सोसाइटी नेपालका अध्यक्ष पूर्ण बहादुर गाहा मगरले बताए । उपचारको लागि कुमारी बैंकको खाता नम्बर ०११००५०९१८४००००१ मा

आर्थिक सहयोग गरिदिन परिवारले अपिल गरेको छ। यस्तै मिर्गौला पीडित असहाय संरक्षण संस्था भरतपुरले पनि सङ्गीताको उपचारका लागि आर्थिक सहयोग गरेको छ । संस्थाका अध्यक्ष सुनीलकुमार क्षेत्रीले सङ्गीताको उपचारका लागि १० हजार रुपैयाँ प्रदान गरेका हुन् । क्षेत्रीले सङ्गीताका बाबु जीवनको हातमा रकम प्रदान गरेका हुन् । आफ्नो संस्थामार्फत विपन्न वर्गका मिर्गौला पीडितलाई आर्थिक सहयोग गर्दै आएको क्षेत्रीले बताए ।

आफ्नो सम्पर्कमा आएका मिर्गौला पीडितलाई १० हजार रुपैयाँका दरले आर्थिक सहयोग गर्दै आएको क्षेत्रीको भनाइ छ । आफ्नो व्यक्तिगततर्फबाट मिर्गौला पीडितलाई सहयोग गर्नका लागि तीन लाख ५० हजार रुपैयाँको कोष बनाएको भन्दै उनले हालसम्म तीन जना मिर्गौला पीडितलाई आर्थिक सहयोग गरेको बताए । आफ्नो संस्थासँग सात जना सदस्य रहेको भन्दै उनीहरुले समेत सहयोग गर्ने प्रतिबद्धता जनाएको क्षेत्रीको भनाइ छ ।