आर्थिक अवस्था अत्यन्तै कमजोर भएका अपाङ्ग थिङलाई समाजसेवी सुनिल कुमार क्षेत्रीद्वारा ह्विलचेयर सहयोग

चितवन । मेरूदण्ड भाचिई अपाङ्ग भएका ४२ वर्षीय दुधराज थिङलाई ह्विलचेयर सहयोग गरिएको छ । कालिका नगरपालिका वडा नं. ३ स्थित ९६ बिगाहा गाउँमा बस्दै आएका थिङलाई भरतपुर निवासी समाजसेवी एवम् सामाजिक अभियान्ता सुनिल कुमार क्षेत्रीले ह्विलचेयर सहयोग गर्नुभएको हो । थिङलाई ह्विलचेयर अभाव भएको र हिँडडुल गर्न समस्या भएको समाचार हल्कारो अनलाइनमा हिजो प्रकाशित भएपछि उहाँले सो सहयोग गर्नुभएको हो ।

क्षेत्रीले आज थिङको निवासमै पुगी ह्विलचेयर, जाडोमा ओड्ने ब्ल्याङ्केट, चामल, नुन, तेल र नगद रू २ हजार पाँच सय पनि सहयोग गर्नुभएको थियो । आर्थिक अवस्था अत्यन्तै कमजोर भएका थिङ १२ वर्षदेखि ओछ्यानमा थला परी बस्न बाध्य थिए । ह्वीलचियर पाएपछि आफूलाई घरबाहिर निस्कन मद्दत पुगेको थिङले बताए । घरभित्रै बस्नुपर्ने अवस्था रहेकोमा अब घर बाहिर निस्किएर घाम ताप्न, बाहिरी वातावरण हेर्न पाइने भन्दै उनले खुसी व्यक्त गरे । २०६५ सालमा रुखबाट लडेर अपांग भएका उनी व्हिलचियर नहुँदा १२ वर्षदेखि ओछ्यानमा थला परी बस्न बाध्य थिए ।

व्हिलचियर सहयोगमा बाहिर हिँडडुल गर्न सहज भएको भन्दै थिङले धन्यावाद दिए । सो ह्विलचेयर हस्तान्तरण कार्यक्रममा मृगौला पीडित असहाय संरक्षण केन्द्रकी सचिव अनिसा खनाल, स्थानीय कुल बहादुर थिङ, हिरालाल थिङ लगायतको उपस्थिति रहेको थियो । वरिष्ठ समाजसेवी, सामाजिक अभियान्ता तथा युवा व्यवसायी क्षेत्रीले यस अगाडि पनि कोरोना महामारीको समयमा विभिन्न स्थानमा पुगी खाद्यान्न सहयोग गर्नुभएको थियो ।

साथै उहाँले कोरोना महामारीको समयमा आफ्नो घरमा बस्नेहरूका लागि ४ महिनाको घरभाडा समेत छुट गर्नुभएको थियो । उहाँले एसिड पीडित महिला, करेन्ट लागी घाइते भएका र क्यान्सर पीडित महिलालाई पनि आर्थिक सहयोग गर्नुभएको थियो । उहाँले मञ्जुश्री असहाय केन्द्र तथा देवघाटका विभिन्न आश्रमहरूमा विभिन्न सहयोगहरू समेत पु¥याउँदै आउनुभएको छ ।

https://www.halkarosamachar.com/archives/20782?fbclid=IwAR1VKLzy_gE1ngwSgE2n1KZLZBH6yqi_zQo-6kyKonHABrxj_id2MZ6QJTg