
मृगौला पिडित असहाय संरक्षण केन्द्रद्वारा कालिकोटका विरामीलाई सहयोग प्रदान
काठमाण्डौ- मृगौला पिडितहरुका लागि सहयोग गर्ने हेतु स्थापित मृगौला पिडित असहाय संरक्षण केन्द्र भरतपुर चितवनले कालिकोटका मृगौला पिडित विर्सिङ्ग बम लाई १० हजार रकम सहयोग गरेको छ ।काठमाण्डौमा उपचाररत बम लाई सहयोग केन्द्रका अध्यक्ष सुनिल कुमार क्षेत्रीले सहयोग रकम हस्तान्तरण गरेको हो ।
करिब तिन लाख ५५ हजारको कोष खडा गरि मृगौला पिडितहरुलाई सुरुवाति सहयोग उपलब्ध गराउंदै जाने लक्ष सहित संस्था स्थापना भएको अध्यक्ष क्षेत्रीले बताएका छन ।भरतपुर चितवनमा केन्द्रीय कार्यलय रहेको यस संस्थाले निकट भविस्यमै अन्य जिल्लाहरुमा पनि आफ्नो शाखा बिस्तार गर्ने लक्ष राखेको छ ।अति विपन्न बर्गका मृगौला पिडितहरुलाई औषधी उपचार लगाएतका आर्थिक संकटमा यस सस्थाले सहयोग गर्ने छ भने हाल लाई बिपन्न बर्गका बिरामीहरुलाई न्युनतम १० हजारका दरले सहयोग गर्ने अध्यष सुनिल कुमार क्षेत्रीले बताए ।
https://www.faraksandesh.com/2021/02/11/27796/?fbclid=IwAR1OUJmws_lvBp5TQsFSWDk9t0X12n9HspF7MN5qgkfKxfvmcNv4-7uQB8s